बार्सिलोना फुटबल क्लबका दिग्गज खेलाडी लियोनल मेस्सीले बार्सिलोनामा फर्किन चाहेको पुनः व्यक्त गरेका छन्। हालैको एक डकुमेन्ट्रीमा मेस्सीले बार्सिलोना प्रति आफ्नो गहिरो सम्बन्ध र त्यहाँ बिताएको समयको सम्झना गरेका छन्। उनले भने, "हामी बार्सिलोना को जीवनलाई निकै मिस गर्छौं। मेरी श्रीमती, मेरा बच्चाहरू र म फेरि त्यहाँ बस्न सधैं सोच्ने गर्छौं।"
साथै, मेस्सीले बार्सिलोनाका वर्तमान कोच हान्सी फ्लिकको प्रशंसा गर्दै उनको युवा खेलाडीहरूलाई विकास गर्ने प्रतिबद्धताको चर्चा गरेका छन्, जसले बार्सिलोनाको सुनौलो युगको झल्को दिलाएको छ।
Post a Comment
0Comments