इटालीले खतरनाक ड्राइभिङ्ग नियन्त्रण गर्न नयाँ कडा कानून लागू गर्‍यो

Everything News Nepal
By -
0
इटालीले सडक दुर्घटनामा कमी ल्याउन खतरनाक ड्राइभिङ्गविरुद्ध कडा कदम चाल्दै नयाँ ट्राफिक कानून लागू गरेको छ।

फोन प्रयोग: गाडी चलाउँदा मोबाइल फोन प्रयोग गरेमा €1000 सम्म जरिवाना, दोहोरो गल्ती गर्दा €1400 सम्म जरिवाना र लाइसेन्स निलम्बन।

मादक पदार्थ सेवन (DUI): रक्तमा ०.५% भन्दा बढी अल्कोहल स्तर भएमा €2000 सम्म जरिवाना र छ महिनासम्मको लाइसेन्स निलम्बन। १.५% भन्दा बढी स्तर भएमा जेल सजायको सम्भावना।

तीव्र गति: सहरी क्षेत्रमा दोहोरो गल्ती गर्दा जरिवाना €880 सम्म पुग्ने।

यी नयाँ कानूनले मादक पदार्थ सेवन, तीव्र गति र ध्यान भंग हुने कारणले हुने दुर्घटनाहरूलाई रोक्न सहयोग गर्ने उद्देश्य राखेको छ। ड्राइभिङ्गमा ध्यान केन्द्रित राख्न र सुरक्षित सडक प्रयोगलाई प्रोत्साहन गर्न सरकारले यो कदम चालेको हो।

Post a Comment

0Comments

Post a Comment (0)