डिज्नी वार्नर ब्रदर्स, IBM, डिस्कभरी, र अन्य प्रमुख ब्रान्डहरूले X (पूर्व ट्विटर) मा विज्ञापन अभियान पुनः सुरु गरेका छन्। यो कदम प्लेटफर्ममा सामग्री व्यवस्थापनसँग सम्बन्धित समस्याका कारण भएको वर्ष दिन लामो बहिष्कारपछि आएको हो।
यसअघि यी ब्रान्डहरूले आफ्नो विज्ञापनलाई घृणास्पद र यहूदीविरोधी सामग्रीको छेउमा देखाइएको आरोपमा X बाट हटाएका थिए।
X का नयाँ CEO लिन्दा याकारिनोले विश्वास पुनःस्थापना र साझेदारीहरू सुदृढ गर्न गरेका प्रयासपछि ब्रान्डहरू प्लेटफर्ममा फर्किएका हुन्। एलन मस्कले ब्रान्डहरूको स्वागत गर्दै याकारिनो र X टोलीको योगदानको प्रशंसा गरेका छन्।
ठूला विज्ञापनदाताहरूको अनुपस्थितिमा, X को विज्ञापन राजस्व एक वर्षको अवधिमा ९८% ले घटेको थियो। ब्रान्डहरूको पुनरागमनले प्लेटफर्मको आर्थिक स्थायित्वमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Post a Comment
0Comments