आफ्नो दिमागलाई गाह्रो काम गर्न कसरी झुक्याउने?
१. साना लक्ष्यहरू सेट गर्नुहोस्
ठूलो कामलाई स-साना टुक्रामा विभाजन गर्नुस्। प्रत्येक सानो लक्ष्य पूरा गर्दा आत्मविश्वास बढ्छ।
२. ५ मिनेट नियम प्रयोग गर्नुहोस्
आफूलाई भन्छु– "म यो काम ५ मिनेट मात्रै गर्नेछु।" धेरैजसो अवस्थामा, सुरु गरेपछि काममा रमाइलो लाग्छ र थप समय काम गर्न मन लाग्छ।
३. परिणामलाई कल्पना गर्नुहोस्
गाह्रो काम पूरा भएपछि प्राप्त हुने फाइदालाई दिमागमा स्पष्ट रूपमा सोच्नुस्। यसले प्रेरणा बढाउँछ।
४. पुरस्कार प्रणाली सेटअप गर्नुहोस्
काम पूरा गरेपछि आफूलाई सानो पुरस्कार दिनुस्। यसले दिमागलाई सकारात्मक रूपमा प्रशिक्षण दिन्छ।
५. वातावरण परिवर्तन गर्नुहोस्
काममा ध्यान केन्द्रित गर्न अनुकूल वातावरण बनाउनुहोस्। ध्यान भंग गर्ने कुराहरू हटाउनुस्।
६. दैनिक रूटिन बनाउनुहोस्
दिमागले नियमित कामलाई कम चुनौतीपूर्ण ठान्छ। कठिन कार्यलाई दैनिक रूटिनको हिस्सा बनाउनुहोस्।
७. सकारात्मक आत्मसंवाद गर्नुहोस्
"म यो काम गर्न सक्छु" भन्ने सकारात्मक सोच राख्नुहोस्। नकारात्मक सोचले डर र आलस्य बढाउँछ।
💼 बिजनेस बूस्टर्स ✅
Post a Comment
0Comments