Surkhet जिल्लाकी १६ वर्षीया किशोरी इनिशा विकको रहस्यमय मृ’त्यु प्रकरणले देशभर ठूलो चर्चा र आक्रोश उत्पन्न गरेको छ। यस घटनामा प्रेमी भनिएका १६ वर्षीय किशोरले प्रहरीसमक्ष दिएको बयान सार्वजनिक भएपछि घटनाको नयाँ पाटो बाहिर आएको छ। प्रहरीले घटनासँग सम्बन्धित आरोपमा चार जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार फागुन २३ गते शनिबार बिहान करिब ७ बजे ती किशोर र इनिशा आपसी सहमतिमा Birendra Nagar Sahid Park नजिकको जंगल क्षेत्रमा गएका थिए। किशोरका अनुसार उनीहरू करिब २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए र यसअघि पनि आपसी सहमतिमा शारीरिक सम्बन्ध भइसकेको उनले बयानमा उल्लेख गरेका छन्।
किशोरले दिएको बयानअनुसार सो दिन उनीहरूले लामो समयसम्म गफगाफ गरेपछि दुवैको सहमतिमा शारीरिक सम्बन्ध भएको बताएका छन्। तर त्यसपछि इनिशाको स्वास्थ्य अचानक बिग्रिएको र अत्यधिक रगत बग्न थालेको उनले बताएका छन्। केही समयपछि इनिशा बोल्न नसक्ने अवस्थामा पुगेपछि आफू आत्तिएको र उनलाई उठाउने, हातखुट्टा चलाउने तथा होसमा ल्याउने प्रयास गरेको पनि उनले प्रहरीसमक्ष बताएका छन्।
उनका अनुसार बिहान करिब ८:२५ बजे उनले आफ्ना साथीहरूलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए। सुरुमा साथीहरू आउन नमान्दा पटक–पटक फोन गरेपछि तीन जना साथी घटनास्थलमा पुगेको उनले बताएका छन्। किशोरले ती साथीहरूले कुनै गलत कार्य नगरेको दाबी पनि गरेका छन्।
पछि इनिशाको अवस्था गम्भीर देखिएपछि साथीहरू नजिकैको गाउँतर्फ सहयोग माग्न गएको र त्यसपछि करिब ९:४५ बजे प्रहरीलाई खबर गरिएको बयानमा उल्लेख गरिएको छ। प्रहरी घटनास्थलमा पुगेर उनलाई अस्पताल पुर्याउँदा बिहान करिब १० बजिसकेको बताइएको छ।
यसैबीच प्रहरीले सार्वजनिक गरेको जानकारीअनुसार सीसीटीभी फुटेजमा इनिशा र ती किशोर Birendranagar क्षेत्रको जनजागरण सामुदायिक वनतर्फ हात समाएर हिँडिरहेको दृश्य देखिएको छ।
District Police Office Surkhet का प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रेमी भनिएका किशोरसहित चार जनालाई पक्राउ गरी जबरजस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको छ। प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रहरीको प्रारम्भिक विवरणअनुसार घटनास्थलमा पुग्दा इनिशाको शरीरमा कपडा नभएको र शरीर रगतले भिजेको अवस्थामा भेटिएको थियो। उनी अचेत अवस्थामा थिइन् र समयमै उपचार नपाउँदा ज्यान गएको प्रारम्भिक अनुसन्धानले संकेत गरेको बताइएको छ।
यस घटनाले सामाजिक सञ्जालमा ठूलो आक्रोश पैदा गरेको छ। धेरैले #JusticeForInishaBK अभियान चलाउँदै निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरिरहेका छन्। नागरिक समाज तथा सर्वसाधारणले यस्तो संवेदनशील घटनामा पैसा, शक्ति वा प्रभावका आधारमा कसैलाई पनि न्यायबाट वञ्चित नगरिनुपर्ने आवाज उठाइरहेका छन्।
अहिले यो प्रकरणमा सत्य तथ्य बाहिर ल्याउन प्रहरी अनुसन्धान जारी छ। अन्तिम निष्कर्ष भने विस्तृत अनुसन्धान, पोस्टमार्टम रिपोर्ट तथा कानुनी प्रक्रियाबाट मात्र स्पष्ट हुने बताइएको छ।

Post a Comment
0Comments